नियम ३
उजुरी दिन सक्ने
: (१) ऐन तथा अन्य प्रचलित कानूनमा अदालतले शुरू कारबाही र किनारा गर्ने भनी तोकिएको विषयका सम्बन्धमा मर्का पर्न व्यक्तिले सम्बन्धित कानूनमा उल्लेख भए बमोजिमको हदम्याद भित्र अनुसूची-१ बमोजिमको ढाँचामा अदालत समक्ष उजुरी दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको उजुरी दिँदा अदालतको मुकाम नरहेको जिल्लाको हकमा सम्बन्धित श्रम तथा रोजगार कार्यालय मार्फत समेत दिन सकिनेछ।
(३) उपनियम (२) बमोजिम उजुरी प्राप्त भएमा श्रम तथा रोजगार कार्यालयले त्यस्तो उजुरी हदम्याद भित्रको भए नभएको र् रीतपूर्वकको भए नभएको जाँच गरी हदम्याद भित्रको र रीतपूर्वकको भए उजुरवालालाई अदालतमा हाजिर हुन: जानु भन्ने व्यहोराको तारेख तोकी सोको निस्सा दिई त्यस्तो उजुरी सहितको मिसिल अदालतमा यथाशीघ्र पठाई दिनु पर्नेछ।